कोपा अमेरिकामा भ्रष्टाचार भएको आरोप, मेस्सीद्वारा पदक अस्वीकार

0

एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको थियो । ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् ।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।

‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने ।

रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो ।’

अर्जेन्टिना तेस्रो भए पनि लियोनल मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् ।

Leave A Reply

Your email address will not be published.