विषादी परीक्षण हुनुपर्नेमा काङ्ग्रेसको जोड

0

काठमाण्डौं – नेपाली काङ्ग्रेसले मुलुकमा आयात गरिने सागसब्जी र फलफूलको विषादी परीक्षण हुनुपर्नेमा जोड दिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी विषादीयुक्त तरकारी र फलफूल नेपाल प्रवेशमा कडा परीक्षण एवम नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले नागरिकको स्वास्थ्यमा खेलबाड गरेको आरोप काङ्ग्रेसले लगाएको छ ।

विज्ञप्तिमा सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी भएको उल्लेख छ । ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’ विज्ञप्तिमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.