स्पेनको वार्सिलोनामा भव्यताका साथ नयाँ वर्ष मनाइदै

0

चारदिशा सम्वाददाता, वार्सिलोना ।

नेपाली नयॉ बर्ष २०७२ को उपलक्ष्यमा जनसम्पर्क समिती स्पेनले १२ अप्रिल आइतवार  बार्शिलोनामा नयॉ बर्ष शुभकामना आदान-प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै नयॉ बर्ष मनाउने भएको छ ।

बिगतका हरेक बर्षमा जस्तै यस बर्ष पनि जन सम्पर्क समितीले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । नयॉ बर्ष शुभकामना आदान प्रदान पश्चात स्थानिय ख्याती प्राप्त कलाकार तथा  बालबालिकाहरुको नृत्य तथा गायनहरुलाई समेत समावेश गरी समितीले संस्कृतिक कार्यक्रम प्रस्तुती गर्न लागेको हो ।

समितीले शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक सॉझ २०७२ को आयोजना गर्ने तयारी पुरा गरिसकेको जनाएको छ। कार्यक्रमलाई सफल पार्न विभिन्न समितिहरु गठन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ। नयाँ वर्षलाई भव्य वनाउन बिष्णु रिजालको संयोजकत्वमा सास्कृतिक समिति,  सुबाश बहादुर विष्टको संयोजकत्वमा स्वयं सेवक तथा मन्च व्यवस्थापन समिति लगायतका समितिहरुले सक्रियताका साथ काम गरिरहेका छन्।

आयोजक संसाथाले कार्यक्रम दिउसो ४ बजेबाट साँझ ११ बजे सम्म हुने तथा टिकट निशुल्क रहेको उक्त कार्यक्रम भब्य तथा सभ्य बनाई सहयोग गरिदिनु हुन सम्पुर्ण स्पेनबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आह्वान  गरेको छ।

स्पेनमा विभिन्न चाडपर्व तथा उत्सवहरुको समय पारेर विभिन्न संस्थाहरुले कार्यक्रम आयोजना गर्दै आइरहका छन्। यस अघि स्पेनको नयाँ वर्ष, दशैंतिहार, तिज, ल्होसार जस्ता पर्वहरुमा कार्यक्रम आयोजना गरिसकिएको छ।

प्रवासमा मनाइने यस्ता सांस्कृतिक तथा मौलिक कार्यक्रमहरुले नेपालीहरुवीचको  एकता कायम राख्न र नेपाली कला संस्कृति तथा परम्पराहरुलाई जीवन्त राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.