आईफा अवार्डका लागि सरकारले अनुमति मात्रै दिएको हो : सञ्चारमन्त्री

0

काठमाडौं – सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आईफा अवार्ड गर्न सरकारले अनुमति मात्रै दिएको बताएका छन् । सोमवार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवमा सहभागी मन्त्रि बाँस्कोटाले पत्रकारहरुले कुरै नबुझी समाचार लेखेको गुनासो गरे ‘आईफा अवार्डका लागि सरकारले अनुमति दिएको हो एक रुपैंयाँ पनि कसैलाई आर्थिक सहयोग दिएको छैन ।’

बक्स अफिसलाई साउनदेखि नियमन गर्ने धारणा राख्दै मन्त्रि बाँस्कोटाले वर्षमा १८० दिन नेपाली फिल्म चलाउनै पर्ने नियम बनाउने तयारीमा सरकार लागेको बताए । ‘यदि कुनै सिनेमा हलले वर्षमा १८० दिन नेपाली फिल्म चलाउँदिन भन्छ भने सरकारले ताला लाइदिन्छ ।’ उनले भने ।

Leave A Reply

Your email address will not be published.