जब राज्यमन्त्री योगेन्द्र राय यादवले धान रोप्न…………

0

जनकपुर – प्रदेश २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले धान दिवसको अवसरमा धान रोप्दै धान दिवसको उद्घाटन गरेका छन् । 


धानबाली अनुसन्धान केन्द्र हर्दिनाथ धनुषाले आयोजना गरेको १६ औं धान दिवस कार्यक्रममा सहभागी हुँदै आफैंले धान रोपेका हुन । 


बिगतमा संघिय सरकारका कृषि मन्त्रीहरुले रेड कार्पेटमै बसेर गमलामा धान रोपेको दृश्य देखीरहेका आम नेपालीलाई राज्यमन्त्री यादवको उत्साह देख्दा कुनै मन्त्री नभएर सामन्य किसानले नै धान रोपिरहें झैं देखिन्थ्यो । 


धान दिवसमा सहभागी भइ धान रोप्न पाएकोमा प्रफुल्लित देखिएका राज्यमन्त्री यादवले प्रदेशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने कृषिलाई यान्त्रीकिकरण, आधुनिकीकरण र व्यावसायिकरण गरि कृषि उत्पादनको गुणात्मक उत्पादनमा जोड दिदैं प्रदेश सरकार त्यसै दिशामा काम गरीरहेको समेत उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.