राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश

0

काठमाडौं – सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।

यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश गरेकी छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौीत गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो। जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौती गरेर एक रुपैयाँ कामय गर्न काँग्रेस सांसद देवकोटाको सरकारसँग माग छ । उनले चालू खर्चबाट सो बजेट कटौती गरेर जनताको शुद्ध खानेपानी खान पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन सरकारसँग माग गरिन्। उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाबासीले कहिले उपयोग गर्न पाउने हो ? भनि सरकारलाई प्रश्न गरिन् ।

Leave A Reply

Your email address will not be published.