सर्लाहीमा गोली चल्दा एकजना घाइते

0

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका – १ नवलपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

शनिबार मध्याह्न सवा १२ बजेतिर मोटरसाइकल चढेर आएका अपरिचित दुईजनाले प्रहार गरेको गोली लागी स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन् ।

ब्रह्मस्थान मन्दिरमा निर्माणको काम गरिरहेका बेला महतोमाथि गोली प्रहार भएको स्थानीयवासीले बताएका छन् । उनको पाखुरामा गोली लागेको छ ।

नवलपुरको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपछि महतोलाई थप उपचारका लागि वीरगन्ज ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

गोली हान्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.