जन्ती हेर्न आएकी बालिका बलात्कृत

0

वीरगञ्ज – गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्क्याएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो । पीडित पक्षको बयान र उजुरीका आधारमा पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी जारी रहेको बताए ।

शुरुमा घटना गाउँमै मिलाउन खोजिए पनि घटना सार्वजनिक भएपछि दुवै पक्षलाई मिलापत्र गराउने पञ्च भनाउँदाको योजना तुहिन गएको हो ।

Leave A Reply

Your email address will not be published.