मन्त्रीपरिषद् हेरफेर फेरि अनिश्चित

0

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबाट सार्वजनिक अभिव्यक्ति र अनुमान पटकपटक आएपनि केपी ओली नेतृत्वको मन्त्रीपरिषदको फेरबदल फेरि अनिश्चित बनेको छ।

प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रीपरिषदका सदस्यहरु बदल्ने मनस्थिति बनाए पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे धेरै हल्ला गरेको भन्दै केही समयका लागि त्यसबाट उनी हच्किएको स्रोतको दाबी छ। दाहालले सार्वजनिक कार्यक्रमहरुमा मन्त्रीरिषदका केही सदस्यहरु छिट्टै परिवर्तन हुने अभिव्यक्ति दिँदै आएका थिए।

उनले यसअघि भारत भ्रमणमा निस्कनु अघि पनि सरकारले केही मन्त्रीहरु परिवर्तन गर्न लागेको अभिव्यक्ति दिएका थिए। ‘अत्याधिक गुनासोपछि प्रधानमन्त्री ओलीले क्याविनेट परिवर्तन गर्ने मनस्थिति बनाइसक्नु भएको थियो। तर काम नहुँदै प्रचण्डले हल्ला गर्दै हिँड्नु भयो । अनि प्रधानमन्त्री असन्तुष्ट बन्दै अहिले केही दिन नगर्ने भन्नु भएको छ निकटहरुसँग’ स्रोतले देशसञ्चारसँग भन्यो।

तर बजेट पास भएपछि या त्यो भन्दा पहिले केही मन्त्रीहरु परिवर्तन गर्नु पर्ने दबाब ओलीमाथि परेको छ। स्रोतका अनुसार पार्टीका प्रभावशाली नेताका निकट या आफन्तलाई मन्त्रीपरिषद्बाट फालिने संभावना भने छैन ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा मगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट लगायत मन्त्रीहरु बदलिन सक्ने संभावना छ।

Leave A Reply

Your email address will not be published.