शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

0

काठमाडौं – काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिरिन्ज आतंक मच्चाएको आरोपमा सन्तोष कार्कीलाई गएराति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको जनाएको छ ।

रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।

कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं र भक्तपुरमा केही दिनअघि शृंखलाबद्ध रुपमा युवतीहरुमाथि सिरिन्ज आक्रमण भएको थियो ।

Leave A Reply

Your email address will not be published.