‘गलबन्दी’ गीतको विवाद टुंगियो, शम्भू राईको नाम समावेश गरिने

0

 रोयल्टीमा प्रकाश सपूतकै अधिकार

काठमाडौं – अन्तत: गायक प्रकाश सपूतको ‘गलबन्दी’को विवाद सहमतिमा टुंगिएको छ ।

बुधबार रजिस्ट्रार कार्यालय कालिकास्थानमा संगीत रोयल्टी समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ लगायतको उपस्थितिमा राई र सपूतबीच सहमति भएको हो ।

सहमति अनुसार अब ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश गरेर प्रकाशन गरिनेछ। यसका साथै संगीत सिर्जनामा भने प्रकाश सपुतको नाम राखिनेछ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

यसअघि आफ्नो देऊसी भैलो गीतको लयसँग मिलेको भन्दै राई कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.