अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाको अवस्था भयावह

0

‘खुला ट्वाइलेटसहिको कोठामा थुनिएका छन् बालबालिका’

एजेन्सी – एक सय भन्दा बढी आप्रवासी बालबालिका अमेरिकाको टेक्सास स्थित सीमा स्टेसनमा फिर्ता गरिएका छन् । ट्रान्सफर गरेको एक दिनपछि नै ती बालबालिकाई टेक्सास सीमा केन्द्र फिर्ता गरिएको अमेरिकी सीमा अधिकारीले बताएका छन् ।

क्षमता भन्दा बडी बालबालिका रहेको केन्द्रमा उनी गम्भीर बेवास्तामा परेको देखिएपछि झण्डै २५० आप्रवासी बालबालिकालाई त्यहाँबाट स्थानान्तरण गरिएको थियो, वकिल तथा न्यायाधीशको निगरानीमा । तर १०० भन्दा बढी बालबालिकाई अर्को दिन नै फिर्ता गरिएको हो ।

यसैबिच एक उच्च अमेरिकी सीमा अधिकारीले राजीनामा दिने बताएका छन् ।

गएको मे मा सन् २००६ यताकै सबैभन्दा बढी आप्रवासी पक्राउ परेपछि उनको यस्तो निर्णय आएको हो । कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सिबिपी) ले कार्यबाहक कमिस्नर जोन सान्डर्सले आउँदो जुलाई ५ देखि पद त्याग गर्ने पुष्टि गरेको छ । उनले इमेल मार्फत राजीनामा पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई प्रतिस्थापन गर्नका लागि इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिइ) को कार्यबाहक निर्देशकमा मार्क मोर्गनलाई नियुक्त गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी पत्रिका द न्युर्योक टाइम्सका अनुसार १०० भन्दा बढी बालबालिकालाई ‘ओभरक्राउडेड’ टेक्सास स्टेसनमा फिर्ता गरिएको उल्लेख गरेको छ । उनीहरु हप्तौँदेखि त्यहिँ रहेका थिए र एक दिनअघि मात्रै त्यहाँबाट अन्यत्र सारिएका थिए ।

एल पासोको बाहिरी क्षेत्रमा रहेको सिलिन्ट स्थित केन्द्रको अवलोकन गरेका वकिलका अनुसार बालबालिकालाई मध्य भागमा खुला शौचालय रहेको कोठामा बन्द गरेर राखिएको र अवस्था दर्दनाक रहेको बताएका छन् । सबै बालबालिकाले त्यहिँ खाने र सुत्ने गरेको उनले बताए ।

ओरिगनको विलिएमिट विश्वविद्यालयका प्राध्यापक वारेन विनफोर्डले भनेका छन्, ‘त्यहाँ कसैले पनि ती बालबालिकाको ख्याल गरेका छैनन्…उनीहरुलाई नियमित रुपमा स्नान गराइएको छैन ।’ बालबालिकाहरुलाई गोदाम घरमा राखिएको उनले बताए ।

उनले भनेका छन्, ‘क्षमता भन्दा बढी बालबालिका राखिएका छन्… जुम्राको संक्रमण छ । इन्फ्लुएन्जाको संक्रमण फैलिएको छ । बालबालिकालाई एक्ल्याइएको छ, कुनै पनि परिपक्कले उनीहरुको ख्याल गरेका छैनन् । बिरामी बालबालिकाहरु भुइँमा ओछ्याइएको म्याटमा सुतिरहेका छन् ।’

अनुगमनमा गएका अर्का वकिल एलोरा मुखर्जीले सिबिएस न्युजसँग भनेका छन्, ‘त्यहाँ रहेका बालबालिकाहरुले सीमा पार गर्दा लगाएकै लुगा अहिलेसम्म लगाइरहेका छन् । उनीहरुमाथि भएको व्यवहार अपमानजनक र अमानवीय छ, जुन कुरा अमेरिकामा हुनुहुँदैनथ्यो ।’

सिपिबीले भने अवस्था त्यस्तो गम्भीर नरहेको दाबी गरेको छ । र चाँडै नै बालबालिकाहरुलाई उपयुक्त स्थानमा लैजाने बताएको छ ।

मेरिकाले पछिल्लो समय अमेरिका प्रवेश गर्ने बालबालिकाहरुलाई उनीहरुका अभिभावकबाट अलग्याएर सेल्टरमा राख्ने गरेको छ । जसको सर्वत्र विरोध हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.