फेरी बर्डफ्लु भेटियो, स्थानिय प्रशासनले तोक्यो संकटग्रस्त क्षेत्र

0

काठमाडौं – रसुवामा बर्डफ्लु भेटिएपछि स्थानीय प्रशासनले केही स्थानलाई संकटग्रस्त क्षेत्र तोकेको छ । केही महिनादेखि यता जिल्लाका केही ठाउँमा कुखुरा एक्कासी मर्न थालेका थिए । तर कुखुरा के कारण मेरेको हो भनेर पुष्टी भएको थिएन ।

मंगलबार रसुवाकाे नौकुण्ड गाउँपालिका ५ भोर्लेमा पालिएको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । सुरुमा विरामी तथा मरेका कुखुरामा नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यलयले नमुना परिक्षण गर्न नुवाकोट लगेका थिए । तर त्यहाँ पनि रोग पहिचान हुन सकेको थिएन ।

त्यसपछि थप परिक्षण गर्न पशु स्वास्थ्य निर्देशनालय काठमाडाै‌‌ ल्याईयो । कुखुराकाे नमुना परिक्षणा गर्दा पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरले कुखुरामा बर्डफ्लु भएको पुष्टी गरेको छ । स्थानीयले पालेका विरामी कुखुराको परिक्षण गर्दा कुखुरामा बर्डफ्लु भेटिएको भोर्ले पशुसेवा कार्यालयका प्राविधिक रामशरण न्यौपानेले बताएका छन ।

अहिले स्थानीय रामकुमार थिङ र थिङले पालेका स्थानीय कुखुराको खोरलाई केन्द्रबिन्दु बनाई चारै दिशा तर्फ निश्चित दुरी निर्धारण गरी सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छनु । साथै सो क्षेत्रबाट कुखुरा साथै पन्छीजन्य वस्तु ओसारपसार गर्न बन्देज लगाईएका भण्डारीले बताएका छन ।

Leave A Reply

Your email address will not be published.