राज्यमन्त्री यादवद्वारा अनुदानमा कृषि सामाग्री बितरण

0

सर्लाही – प्रदेश २ सरकारका भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको अग्रसरतामा आज सर्लाहिमा शत प्रतिशत अनुदानमा कृषि सामाग्रीको बितरण गरिएको छ । 

पशुपालनलाई व्यावसायिक र आधुनिककरण गर्ने उदेश्यले मोटर सहितका घाँस काट्ने मेसिन (च्याप कट्टर) मेसिन शत प्रतिशत अनुदानमा बितरण गरिएको प्रदेश २ सरकार को भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए  । 


अनुदान कार्यक्रममा छोटो प्रतिक्रिया दिदैं राज्यमन्त्री यादवले अब उत्पादन भएका पशुजन्य सामाग्रीको बजारीकरण तर्फ पनि उत्तीकै ध्यान दिने बेला आएको टिप्पणी गर्दै आफुहरु त्यस दिशामा काम गरीरहेको धारणा राखे । 

व्यावसायिक कृषि सहित पशुपालनको क्षेत्रलाई सुदृढ र सवलिकरण गर्न प्रदेश २ को भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको हितमा विभिन्न कार्यहरू अगाडि बढाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.