एपी वान टेलिभिजनले तीन महिना तलब नदिदा कर्मचारी आन्दोलित

0

काठमाडौं – पछिल्लो समय नेपाली दर्शक श्रोतामाझ निकै नै लोकप्रिय मानिदै आएको एपी वान टेलिभिजनले पत्रकार र कर्मचारीलाई तीन महिनादेखि तलब नदिएको समाचार बाहिरिएको छ ।

टेलिभिजनमा कार्यरत कर्मचारीहरुले चैत, वैशाख र जेठ महिनाको तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । टेलिभिजनले शुक्रबारसम्म दुई महिनाको तलब दिने आश्वासन दिएपनि अहिलेसम्म सरकारले तोकेको न्यूनतम तलब समेत नपाएको कर्मचारीहरुले गुनासो गरेका छन् ।

कर्मचारी र व्यवस्थानबीच पटकपटक वार्ता भएपनि समस्याको समाधान नभएपछि टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री नियमित बैठकमा समेत आउन छाडेका छन् ।

तीन महिनासम्म सुख्खा तलब समेत नपाएका आन्दोलित कर्मचारीहरुले बिहीबार कुनै पनि समाचार प्रवाह गरेनन् । टेलिभिजनले दृश्य बेच्ने एक समाचार एजेन्सीको समेत पैसा तिर्न नसकेपछि अहिले सो एजेन्सीले दृश्य पठाउन छाडिसकेको छ ।

टेलिभिजनमा कार्यरत पत्रकार, क्यामरा पर्सन, दृश्य सम्पादक लगायत आन्दोलन समितिका सदस्यहरुले कम्तिमा एक महिनाको तलब हाल्दिन सिम्रिक एअरलाइन्सको कार्यालयमा पुगेर व्यवस्थापनसँग छलफल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.