विरामीको मृत्यु भएपछि बिराट नर्सिङ होममा तनाव

0

विराटनगर – २ मा रहेको बिराट नर्सिङ होममा तनाव उत्पन्न भएको छ ।

उपचारका क्रममा बिराटचोककी चरीमाया प्रसाईको मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो ।चरिमायाको डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको टिमले शल्यक्रिया गरेका थिए ।

यता अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ । चरिमायाको केहीदिनअघि अस्पतालमा शल्यक्रिया गरिएको थियो । बिहीबारदेखि अवस्था खराव हुँदै गएपछि उनलाई आईसीयुमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

अहिले अस्पतालमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.