घर भत्किँदा एक महिला घाइते, श्रीमान् र छोरीको उद्धार

0

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ ।

शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् ।

उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिए । स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो ।

तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नगरकोट घर भएका तामाङ दम्पती सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । भारी वर्षाका कारण पर्खाल भत्किएको हो ।

रासस

Leave A Reply

Your email address will not be published.