कपिलवस्तुमा पौडी खेल्ने क्रममा ३ युवाको मृत्यु

0

बुटवल– कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा तीन जनाको ज्यान गएको छ।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा विजयनगर गाउँपालिका अन्दाजी १६/१७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेपनि उनीहरुको ज्यान गैसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि चार जना गएपनि एक जना सकुशल रहेको प्रहरीको भनाई छ।

Leave A Reply

Your email address will not be published.