हतियारसहित नेपाल छिरेका चार जना भारतीय प्रहरी अछामबाट पक्राउ

0

अछाम– हतियारसहित नेपाल छिरेका चारजना भारतीय प्रहरी अछाममा पक्राउ परेका छन्।

अछामको बान्नीगडी नगरपालिका–४ बाट उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए। तर उनले भारतीय प्रहरीसँग हतियार नभएको बताए।

पक्राउ परेकाहरुलाई अछाम प्रहरीले डोटी प्रहरीलाई जिम्मा लगाएको प्रजिअ श्रेष्ठले बताए।

एक भारतीय किशोरीलाई भगाएर ल्याएका नेपाली युवकलाई पक्राउ गर्न भारतीय प्रहरीको टोली हतियारसहित नेपाल छिरेको बुझिएको छ।

यसअघि पनि डोटीमा भारतबाट रकम चोरी गरेका युवकलाई पक्रन भन्दै हतियारसहित आएको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.