संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन

0

काठमाडौँ – संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बेलुका पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो भनाई सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

संसदमा को पहिला बोल्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेसका सांसदले रोस्टम घेराउ गरेपछि संसद बैठक स्थगित गर्न सभामुख कृष्णबहादुर महरा बाध्य भए । बोल्नका लागि रोस्टममा पुगेका प्रधानमन्त्री ओलीले बोल्न पाएनन् ।

संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले बेलुका सबै कुरा थाहा हुने बताए । उनले भने, ‘बेलुका पाँच बजे पत्रकार सम्मेलन हुन्छ, सबै कुरा त्यहिँ बताउँला ।’

प्रधानमन्त्री केपी शर्मा ओली या प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पहिले संसदमा बोल्ने भन्ने विषयमा विवाद भइरहेका बेला सभामुखले बैठक सुरु गरेर प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए ।

त्यसपछि कांग्रेस सांसदले रोस्टम घेरेका थिए । सभामुखले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरे । संसदमा भएको यो घटनाप्रति मिश्रित प्रतिक्रिया आएको छ ।

Leave A Reply

Your email address will not be published.