बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु

0

बझाङ – जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो ।

मष्टा गाउँपालिका वडा नम्बर १, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको र ६ जना गम्भीर घाइते रहेको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले बताए ।

उनका अनुसार जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन । जिप भीरमा अड्किएको अवस्थामा छ । उद्धारकार्य जारी छ । जिप सडकबाट अफ्ठ्यारो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको सइ जोशीको भनाइ छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ ।

Leave A Reply

Your email address will not be published.