जनकपुरधाममै विद्यालय र मदिरा पसल एउटै भवनमा संचालन

0

नियमनकारी निकाय मौन, बेखबर उप महानगर

जनकपुरधाम – केही दिन अगाडि मात्रै निकै तामझाम साथ केही समाजसेवी र सामाजिक अभियान्ताको साथमा जनकपुरधाम उपमहानगर पालिकाले अस्पताल, विद्यालयको २०० मिटर वरिपरि सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाएको जनाएको थियो भने सामाजिक संजालमा समेत यो समाचारले निकै स्थान पाएको थियो । 

तर जनकपुरधाम उप महानगर पालिकाको वडा नम्बर ७ स्थित बिश्वकर्मा चौक (माछा बजार) नजिकै रहेको शंकर शिशु सदन संचालनमा रहेको भवनमा स्कुल र होस्टेल मात्रै होइन त्यही भवनमा ३ वटा मदिरापसल समेत संचालित हुँदा पनि उप महानगर पालिका सहित नियमनकारी निकाय भने बेखबर छन् । 


कक्षा ९ सम्म संचालनको अनुमति पाएको भनिएको बिद्यालय कक्षा १० सम्मको पढाइ निर्वाद भैरहेको छ । सबैभन्दा अचम्मको कुरा त के हो भने बिद्यालयका फाउण्डर प्रीन्सिपल समेत रहेका संजिव स्वामी प्याब्सनको जनकपुरधाम नगर इकाई कमिटिका अध्यक्ष समेत हुन् । 


विद्यालयमै अध्यनरत बिद्यार्थीहरुको आवास गृह रहेको भवनको तल्लो तलामा संचालित मदिरा पसलमा बसेर झगडा गरेको हेरेर बस्न बाध्य छन् । मदिरा खाएर झगडा गरेको हेरेर बस्ने विद्यार्थीको अध्ययन कस्तो रहला तपाई आफैं अनुमान गर्नुस् । प्याब्सनका नगर इकाईका अध्यक्ष समेत रहेका प्रीन्सिपल / फाउण्डर स्वामिले अहिलेसम्म यो समस्या समाधानका लागि कुनै पहल गर्न चाहेका छैनन् । 


अरु स्कुलको स्तर र कमजोरी केलाउँदै हिड्ने स्वामिले आफ्नै विद्यालयको समस्या हटाउन कुनै पहल गर्न चाहेका छैनन् । एक निजी बिद्यालयका संचालकले नाम नखोल्ने शर्तमा भने । 

Leave A Reply

Your email address will not be published.