गोरखा सैनिकबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न बेलायतले गर्‍यो अस्वीकार

0

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण उपलब्धीपूर्ण भएको दाबी गरेपनि लामो समयदेखि विवादित बनेको त्यहाँ कार्यरत गोरखा सैनिकहरुका मुद्दाका सवालमा नेपाल, भारत र बेलायतवीचको त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्न उनले गरेको आग्रह अस्वीकृत भएको जानकारी घुमाउरो ढंगले दिएका छन् ।

साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सन्धीबारे पुर्नसमिक्षा गर्न गरेको आग्रह बेलायतले अस्वीकार गरेका कारण दुवै मुलुकबाट जारी संयुक्त वक्तव्यमा त्यसबारे नसमेटिएको संकेत देखाएका हुन् ।

उनले भने ‘ बेलायती प्रधानमन्त्री टेरेसा मेसँग हाम्रो विचार, सोचबारे कुरा राखिएको छ तर जो दुवै पक्षले उत्तिकै सजिलोसँग स्वीकारेको विषय हुन्छ त्यो मात्रै संयुक्त वक्तव्यमा आउँछ । त्यो नभइसकेको अवस्थामा दुईपक्षीय संयुक्त वक्तव्यमा आउँदैन ।’

त्यसबाट वेलायत गोरखा सैनिकका मुद्दामा अझै गम्भीर नभएको स्पष्ट हुन्छ। तर प्रधानमन्त्री ओलीले गोरखा सैनिकका मामिलामा भएको त्रिपक्षीय सम्झौता पुरानो भएको र त्यसलाई द्वीपक्षीय बनाउनुपर्ने धारणा राखे।

उनले भने, ‘सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुरानो भयो । त्यसले अहिलेको आवश्यकतालाई पूरा गर्न सक्दैन।’

Leave A Reply

Your email address will not be published.