सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त

0

डडेल्धुरा – सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउदै उनका आफन्तले प्रदर्शन गरेका हुन । अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु भएको थियो। ‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले अस्पताल भर्ना गरेका थिए ।

तर, उनलाई अस्पतालले बचाउन सकेन । बरु हेलिकप्टरको व्यवस्था गरेर रेफर गरिदियो । जसमा अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ । अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ ।

तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ । गीतालाई ८ पाउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको अस्पतालको लापरवाही भन्नु जायज नभएको अस्पताल प्रशासनको दाबी छ । अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् ।

आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका छन् । पीडित पक्ष आक्रोसमा आएपछि केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो । ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.