गाउँपालिकाका इञ्जिनीयर १ लाख घुससहित रङ्गेहात पक्राउ

0

सप्तरी – सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर घुससहित आज बिहान रङ्गेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो ।

झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ

Leave A Reply

Your email address will not be published.