एक कैदीले विष सेवन गरेर गरे आत्महत्या

0

बाँके – कारागारमा कैद सजाय भोगिरहेका एक जना कैदीले विष सेवन गरि आत्महत्या गरेका छन । बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगिएको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेलले जनाकारी दिनुभयो ।

गत वर्ष वैशाख ५ गते लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको ७ वर्षको कैद र १० हजार रुपैयाँ सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको थियो । तिवारीलाई सोमबार नियमित जाँच गराउन अस्पताल लगिएको थियो ।

तिवारीकै पत्नीले अस्पताल खर्च स्वरुप पैसा दिदा पैसासंगै विष दिएको हुन सक्ने जिल्ला कारागार बाँकेका जेलर भरत पाण्डेले जानकारी दिनुभयो । उनकी श्रीमतिले पनि अस्पताल परिसरमा नै विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवन पछि विरामी परेकी उनकी पत्नीको भेरी नर्सिङ अस्पतालमा उपचार भइरहेको र अहिले उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.