कोरियन भाषा परीक्षा आजबाटः ९२ हजार ३ सय ५६ जनाको आवेदन

0

काठमाडौं – आजदेखि दशौं कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार हुने परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा दुई सिफ्टमा सञ्चालन हुँदैछ । यसवर्ष कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।

परीक्षाको नतिजा आगामी असार १३ गते आउनेछ । यसवर्ष कोरियाले कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थीका लागि कोटा निर्धारण गरेको छ ।

Leave A Reply

Your email address will not be published.