चाबहिल मालपोतका कर्मचारी घुससहित पक्राउ

0

काठमाडौं – मालपोत कार्यालय चावहिल, काठमाडौंका नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीको गोकर्णेश्वर न.पा.–४ मा रहेको ०१५ आना २ पैसा जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा जारी भएको देखीन आएकोमा सर्वोच्च अदालतमा समेत विचाराधिन रहेको मुद्दामा उक्त विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका लागि उनले घुस लिएका थिए ।


घुस नदिई काम नगरिदिने बताएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिएका थिए । घुस लिएलगत्तै उनी कार्यालयबाटै बिहीबार पक्राउ परेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

Leave A Reply

Your email address will not be published.