जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दै नेकपा

0

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने तयारी गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल सकारात्मक रहेकाले टुङ्गिन मात्र बाँकी रहेको उनले बताएका छन् ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सचिवालयको सो बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने उनले बताएका छन् ।

बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने बताइएको छ । नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ ।

Leave A Reply

Your email address will not be published.