सामुहिक बलात्कारको सिकार भएकी युवतिको स्वास्थ अवस्था गम्भीर

0

जनकपुरधाम – ३ महिनासम्म सामुहिक बलात्कारको सिकार भएकी धनुषाको बटेश्वरकि किशोरीको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । 


गत फागुन ११ गतेदेखि आफ्नै घरबाट हराएकी किशोरीमाथी ३ महिनासम्म भारतमा बन्धक बनाएर सामुहिक बलात्कार भएको खुलासा भएपनी अहिलेसम्म घटनामा संलग्न कोहि पनि प्रक्राउ भने परेका छैनन् । 


एक भारतीय महिलाको सहयोगमा भागेर नेपाल आईपुगेकी किशोरीको जनकपुर अञ्चल अस्पताल निशुल्क उपचार भै रहेकोमा अहिले मुटुमा पनि समस्या देखिए पछि शहिद गंगालाल हृदय केन्द्रमा उपचार भैरहेको छ । 


यता जिल्ला प्रहरी कार्यलय धनुषाले भने अहिलेसम्म कोहि दोशी पक्राउ नपरेपनी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका – २ सुखैनियाका २२ बर्षिय रवानी राईन कवारी विरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबर्जस्ति करणिको मुद्दा दर्ता गरिएको र उनिहरुको खोजी तिब्र पारीएको जनाएको छ । 

Leave A Reply

Your email address will not be published.