पिएचडी गरेकोमा प्रधानमन्त्रीलाई कांग्रेसको बधाई!

0

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालयले दिएको विद्यावारिधीप्रति व्यंग्यात्मक बधाई दिएको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा कांग्रेसका सांसद भरत शाहले क्रिश्चियन धर्म प्रचारलाई बढावा दिएको भन्दै आलोचना गरेका हुन् ।

कोरियाको काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई यसै हप्ता मानार्थ विद्यावारिधीको उपाधि दिएको थियो । प्रधानमन्त्रीलाई विद्यावारिधी दिएपछि उक्त विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयसँग पनि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको छ ।

जसप्रति सार्वजनिक रुपमा आलोचना भइरहेको छ । मंगलबारको बैठकमा शाहले भने, ‘साउथ कोरियाको धर्म प्रचार गर्ने विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउनु भएकोमा प्रधानमन्त्रीलाई बधाई दिन चाहन्छु ।’

प्रधानमन्त्री नै धर्म प्रचारमा लागेको भन्दै सोमबारको बैठकमा नेकपाका नेता भीम रावलले समेत आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेपछि नेकपाका सांसद महेश बस्नेतले जवाफ दिएका छन् । उनले प्रधानमन्त्री साझा भएकोले क्रिश्चियन धर्म प्रचारक संस्थाले दिएको उपाधि लिन ठीक भएको जिकिर गरे ।

‘केही सांसद ज्यूहरु अनावश्यक विवाद सिर्जना गर्न खोज्दै हुनुहुन्छ । धर्म निरपेक्ष देशमा क्रिश्चियन धर्मको विरोध गर्नु उचित हो र?,  उनले भने

Leave A Reply

Your email address will not be published.