पेट्रोलियम पदार्थ नेपाल भित्रिन असहज

0

पूर्वी नेपालमा इन्धन अभाव

बिर्तामोड– भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर भित्रिन सकेका छनन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार भारतीय भन्सारमा अनलाइन बिलिङ प्रणाली शुरु भएकाले पेट्रोलियम पदार्थका ट्यांकर भारतबाट नेपाल भित्रिन समय लागेको हो ।

गत हप्तादेखी शुरु भएको अनलाइन बिलिङ इन्ट्री प्रणाली व्यवस्थित नभएका कारण नेपाली मालबहाक सवारी नेपाल भित्रिन सकिरहेका छैनन् ।

प्रमुख भन्सार अधिकृत अर्यालले भने, ‘नयाँ प्रणालीमा भारतीय भन्सारका कर्मचारी दक्ष नभएकाले समस्या आएको हो। सहज आपूर्ति हुन केही दिन लाग्ला ।’

भारतबाट पर्याप्त पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल आउन नपाएपछि पूर्वी नेपालमा पेट्रोल तथा डिजेलको अभाव भएको छ ।

इन्धनको अभाव भएपछि नेपाल आयल निगम चारआलीले बिराटनगरबाट शनिबार मेची अञ्चलका लागि २ लाख ४० हजार लिटर डिजेल,१ लाख लिटर पेट्रोल भित्र्याएको छ ।

पेट्रोल पम्पहरुमा सवारीका लाइन छन्। इन्धनको अभाव भएपछी दैनिक कामधन्दा समेत प्रभावित भएको छ ।


			
Leave A Reply

Your email address will not be published.