एजेन्सी – तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।
अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युले यस्तो दाबी गरेको हो । वेन म्याडसेनले कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स स् कराकस एन्ड काठमाडौुं शीर्षकमा लामो फिचर लेख्दै यस्तो खुलासा गरेका हुन् ।
अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो साबेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको फिचरमा लेखिएको छ । त्यो रणनीति भेनेजुयेलामा असफल र तर नेपालमा सफल भएको फिचरमा लेखिएको छ ।
विपत् तालिमका नाममा सिआइएको वीरेन्द्रको वंशनाश अभियान
तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर सिआइएले गरेको म्यागाजिनले लेखेको छ ।
मन्थ्ली रिभ्युका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि नेपालमा सिआइएले एक कार्यालय स्थापना गर्यो । यो कार्यालय स्थापनासँगै अमेरिकाबाट अमेरिकी सेनाका स्पेसन अपरेसन्स फोर्सेसका सदस्य नेपाल आएका थिए । उनीहरुले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले ।
अभ्यासलाई वैधता दिन भूकम्प विपत् तालिमको नाम दिइएको म्यागाजिनले लेखेको छ । अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसन्सका सदस्य पनि सहभागी थिए । यही साइकोलोजिकल टिमले नै दरबार हत्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको म्यागाजिनले लेखेको छ ।
सुरुमा तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले स्वाचालित हतियार आफैं पड्केर परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको हत्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको म्यागाजिनले लेखेको छ ।
दरबार हत्याकाण्डपछि वीरेन्द्र परिवारको लास उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम दिएका नेपाली सैनिक कमान्डोले काम गरेको म्यागाजिनमा लेखिएको छ । ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक कु भएको म्यागाजिनले लेखेको छ । यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेको म्यागाजिनले लेखेको छ ।