नेइमारमाथि अर्को संकट, लाग्यो यौन हिंसाको आरोप

0

स्टार फुटबलर नेइमारमाथि एक यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।

नेइमार फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट खेल्दै आएका छन् । आरोपका सम्बन्धमा नेइमार या उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन् । नेइमार अहिले कोपा अमेरिकाको तयारीका लागि ब्राजिलको राष्ट्रिय टिममा छन् र अभ्यास गरिरहेका छन् । ती महिलाले प्रहरीमा दिएका उजुरीका आधारमा आफूले नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको उल्लेख गरिएको छ ।

नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको ती महिलाले उल्लेख गरेकी छन् । महिलाको नाम खुलाइएको छैन । ब्राजिलकी ती महिलालाई नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेका थिए र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको थिए ।

घटना गएको यहि मे १५ को रहेको उल्लेख गरिएको छ । नेइमार होटल आइपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी छन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी छन् । ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थिइन् ।

उनले आरोपित घटनाका बारेमा फ्रेन्च प्रहरीमा उजुरी दिएकी थिइनन् । महिला भावनात्मक रुपमा डरको अवस्थामा रहेको र अर्को देशमा घटना दर्ता गर्न डराएकाले ब्राजिलमै गरिएको प्रहरी उजुरी दर्ता गर्दाको कागजातमा उल्लेख छ ।

नेइमारका पिता नेइमार डोस सान्तोसले भने सम्पूर्ण घटना आफ्नो पुत्रलाई ‘ट्रयाप’ मा पर्नेका लागि रचिएको स्पष्ट रहेको उल्लेख गरेका छन् । ती युवतीसँग नेइमारको ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक गर्न पर्ने भए पनि आफूहरु तयार रहेको उनले उल्लेख गरेका छन् ।

२७ वर्षका नेइमार कोपा अमेरिकाको तयारीमा छन् । प्रशिक्षणको क्रममा भएको घटनाका कारण उनीबाट कप्तानी खोसिएको छ । यस्तै एक फ्यानलाई कुटेका कारण फ्रेन्च फुटबल कमिटिले तीन खेलको प्रतिबन्ध लागेको छ क्लब फुटबलमा ।

यस्तै ड्रेसिङ्ग रुममा पनि उनको समस्या रहेको बताइन्छ । नेइमारसहितको टिम ब्राजिलले यहि जुन १४ देखि हुने कोपा अमेरिकाको तयारी गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.