बेल्जियममा बुद्ध जयन्ती

0

सधैं झै यस पटक पनि बेल्जियमको नेपाली समुदायले बुद्ध जयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । आदिबासी जनजाती महासंघ बेल्जियमले बिभिन्न शहरबाट बसको ब्यबस्था गरी बेल्जियमको प्रसिद्ध हुइ गुम्बामा दर्शन गर्ने ब्यबस्था गरेको थियो । बुद्ध नेपालमा जन्मिएका हुन भन्ने ब्यानर सहित् सयौ भक्तजनहरु उपस्थित भएको कार्यक्रममा बुद्धको पूजा अर्चना र प्रार्थना गरिएको थियो ।
सोही अबसरमा सतकर्मा बेल्जियमले बुद्ध २५७३ औ बुद्ध जयन्तीको अबसरमा केक काटेर बुद्धको जन्मदिन मनाएको छ । भगवान बुद्धको जन्म ज्ञान प्राप्ती र महापरिनिर्बाण एकै दिन भएको थियो । शान्ती र ज्ञानको नयाँ अध्याय सुरु भएको दिनलाई उत्सबको मनाउन आफुहरुले केक काटेर बुद्धको जन्मदिन मनाएको सत्कर्माका मदन गुरुङ र राम पुनले बताउनु भएको छ।


त्यसै गरी तमु धि बेल्जियमले एन्तवेर्पेन शहरमा पूजा अर्चना दिप प्रज्वलन सहित् एक कार्यक्रमको आयोजना गरी बुद्धजयन्ती मनाएको छ ।

Leave A Reply

Your email address will not be published.