डिल्ली अंमाई

गत २२ मे,२०१९ का दिन पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वमा गएको पत्रकारको टोलीले पत्रकारको अधिकारलाई नियन्त्रण गर्ने नियतबाट संसदमा छिराइएको बिध्युतीय कारोबार ऐन र प्रेश काउन्सिल बिधयकका बिरुद्ध बेनेलकसका महामहिम राजदुत लोक बहादुर थापा मार्फत नेपाल सरकारका संचार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा कार्यालयको तर्फबाट दुताबासका उपनियोग प्रमुख सुधिर भट्टराईको समेत उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र बुझाउनु अगाडी पत्रकार महासंघ केन्द्रिय संगठन विभागका सदस्य ओम शर्माले बिरोध गर्नुको औचित्यबारे छोटो मन्तब्य दिदै शाखाले बुझाएको ज्ञापन पत्र माननीय संचार मन्त्रीलाई पुर्याइ दिनु हुन अनुरोध गरेका थिए।
उक्त अवसरमा शाखाका अध्यक्ष केजिन राइले ” संबिधानको मर्मलाई कुल्चेर ल्याइएका दुवै बिधायकका स्वतन्त्र प्रेश विरुद्धका धाराहरु हटाउन र परिमार्जन गर्न संचार मन्त्रीलाई आग्रह गर्दै संसार भरिका प्रेस स्वतन्त्रताका पक्षधर ब्याक्ति, संघ संस्था तथा पत्रकारहरुलाई महासंघको चरणबद्ध आन्दोलन ऐकबद्धता जनाइदिनुहुन” आग्रह समेत गरे।
दुताबास मार्फत ज्ञापन पत्र बुझाउने क्रममा पत्रकार महासंघ युरोप शाखाका सल्लाहकार पाँचम अधिकारी,अध्यक्ष केजिन राई,पत्रकार ओम शर्मा, बरिष्ठ उपाध्यक्ष डिल्ली राम अम्माई, कार्य समितिका सदस्य शेर बहादुर छन्त्याल लगायतको उपस्थिति रहेको थियो ।