एनआरएनए बेल्जियमको शिक्षामन्त्री पोख्रेललाई स्वागत

0

चारदिशा ,बेल्जियम ,

गैर आबासीय नेपाली संघ बेल्जियमले नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणि पोख्रेललाई स्वागत र अन्तरक्रिया सम्पन्न गरेको छ।

शनिबार बेल्जियमको एन्तवेर्पेनमा भएको   कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले बिकासको मूल आधारनै शिक्षित जनशक्ति हुने भएकोले सरकार शिक्षा र स्वास्थ्यको आधारभूत विकासको लागि दिर्घकालिन सम्रचना तयार गर्न लागेको छ र केही परिबर्तनका कामको सकाकारात्मक परिणाम देखिन थालेको छ भन्नु भयो।

सामाजिक सुरक्षा योजनाको सुरुवात हुदा निम्न आय भएका नागरिकले सरकारको महसुश गर्ने छन् भन्दै देश बिकासको लागि  श्रम लाई शिप , शिपलाई उत्पादन र उत्पादनलाइ सम्ब्रिदधिका लागि प्रयोग गर्नु पर्ने बताउनु भयो। गैर आबासीय नेपालीहरु संग नेपालको बिकासकालागि साझेदारी गर्न सरकार तयार छ भन्दै आफु बसेको देशको शिक्षा र स्वास्थ्यमा भैरहेको उत्तम प्रयोगहरुको बारेमा नेपाललाई जानकारी गराउन र त्यसको प्रयोगमा साझदारी गर्न पनि आभ्वान गर्नु भयो।

त्यसै गरि नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले आन्य देशले दसकौ देखि प्रयोग गरेको सामाजिक सुरक्षा योजना हामी भर्खर घोषणा गर्दै छौ र त्योनै धेरै ठुलो उपलब्धि ठानी रहेका छौ भन्दै आधुनिक विश्व संग तालमेल गरेर नेपालीपनको विकास हुनु पर्ने बताउनु भयो। अर्का केन्द्रीय सदस्य मोहन गौतमले पनि आफुहरुलाई स्वागत सम्मान गरेकोमा एनआरएन बेल्जियमलाइ धन्यबाद दिदै नेकपाको सरकार जनहितमा काम गर्न सक्रिय छ भन्नु भयो।

बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले युरोप र नेपालको सम्बन्धको कुटनैतिक आयाम बिशाल र बिष्तृत छ र यसको प्रयोग हामीले हाम्रो विकासका लागि गर्न अझै धेरै प्रयास गर्नु आबस्यक रहेको छ भन्नु भयो। युरोपको चासो र नेपालको आबस्यकतालाई बुझेर हामीले द्वीपक्षीय सम्बन्धलाई अगाडी बढाउनु पर्ने  आबस्यकता छ र आफु त्यसको लागि क्रियाशील रहेको बताउनु भयो।

कार्यक्रमलाइ गैर आबासीय नेपाली संघकी सचिब जानकी गुरुङ, महिला संयोजक रजनी प्रधान , युरोप संयोजक शिब बरुवाल लगायतले सम्बोधन गर्दै नेपाल सरकार र संघको तर्फबाट गर्न सकिने कामको बारेमा अबगत गराउनु भएको थियो भने प्रबासी नेपालीहरुले व्यहोर्नु परेका समस्या र समाधानका लागि समन्वय र साझेदारीका लागि अनुरोध गर्नु भएको थियो।

एनआरएनए आईसिसि सदस्य द्वय पदम गुरुङ र सरु चापागाई, लगायत एनआरएनए र विभिन्न संघ संस्थाका पदाधिकारी , बेल्जियमबासि नेपालीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन एनआरएनए बेल्जियमकी महासचिब आङ्गमाया लामा, शभापतित्व अध्यक्ष लोक दाहाल र स्वागत पूर्व अध्यक्ष गंगाधर गौतमले गर्नु भएको थियो।





Leave A Reply

Your email address will not be published.