पेरीसमा गोरखाली समाजको देउसी भैलो

0

पेरिसको ब्यस्त जीबन चर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महीना भित्रमा तेश्रो  कार्यक्रमको रुपमा देउसी-भैली २०७५ (२०१८) संम्पन्न गरेको छ । बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना  गर्ने र संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा लगभग १५१० युरो संकलन भएको संस्थाका कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष सुक गुरुङ, सल्हाकार एवं एनआरएनए. फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल, एनआरएनए फ्रान्सका पूर्व उपाध्यक्ष हरि सापकोटा, एनआरएन फ्रान्सका अन्तरास्ट्रिय समन्व परिषदका पूर्व सदस्य मिन जी सी, नेपाली साँस्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्याय, नेपाली एकता समाज फ्रान्सकी महासचिब डोल्मा तामांग, तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्तिथिती रहेको थियो ।

गोरखाली समाज साँस्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, रोशनी हमाल बानिया र कुल ब. लामा तथा साथीहरुको देउसी भैलो तथा साँस्कृतिक प्रस्तुती रहेको थियो। कार्यक्रम संचालन संस्थाका महासचिब राजेन्द्र बाबु श्रेष्ठले गर्नुभयको थियो, भने खाना र मिठाई बनाई उपहार स्वरूप सहयोग  शुभद्रा श्रेस्ठ, संजीब देबकोटा, दीपक मगर, सुजन भट्टराई, रवीना सिंखड़ा, सामुन राई सुक गुरुंग परिवार गर्नु भएको थियो ।   महामहिम राजदूत श्रीमती लुइटेलले र नियोग उप प्रमुख श्री भट्टराईले कार्य ब्यस्तताले उपस्थित जानकारी गराउदै शुभकामना पठाउनु भएको थियो , भने एनआरएनए. फ्रान्सका आईसीसी सदस्य श्री सुबर्ण बिक्रम हमालले  आफू अनुपस्थित भए पनि देउश्री-भैलीलाई दक्षिणा सहयोग पठाउनु भएको थियो ।

जुलाई महिनाको प्रारम्भमा बनभोज ( बर्बक्यू) को माध्यमबाट समाजको पहिलो परिचयात्मक कार्यक्रम गरेर जुलाइकै अन्तिममा नेपालका पूर्ब प्रधान मन्त्री एबं गोरखाका सांसद डा. बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघका अंतर्राष्ट्रीय अध्यक्ष गोरखाली भबन भट्ट सँग संयुक्त अन्तर्क्रिया कायक्रम  संम्पन्न गरेको थियो । गोरखाली समाजले  सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा आइतबारका दिन  संस्थाका उपाध्यक्ष श्री रामेश्वर श्रेष्ठको घरमा  गोरखाली देउसी भैलो कार्यक्रम सम्पन गरेको हो । तिहार बिशेष बिभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम भब्य र सफल भएको थियो।

बि. सं. २०३४ मा गोरखा बजारमा जन्मिएर २०७४ मा पेरिसमा परलोक हुनुभएका  गोरखाली युबक उमेश अर्यालको चीर स्मृतिमा उँहाँका परिवारले यस समाजलाई आबश्यक परेको बाध्य बादन तथा म्युजिक सिस्ट्म खरीद गर्नको लागि ४०० युरो प्रदान गर्नु भएकोछ ।

अन्तमा, अध्यक्ष सुरेन्द्र काप्रीले दक्षिणा दिनुहुने, तथा उपस्थित सबै महानुभावहरुलाई हार्दिक धन्यवाद दिदै आउने बर्ष अझै भब्य देउसी कार्यक्रम गर्ने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो।

गोरखा जिल्ला सिरान्चोक गाउपालिका ४ निबासी श्रीमती प्रतिमा हमाल देबकोटाको १२ बर्षे छोरा प्रशिद्द हमालको दुबै मृगौला फेरेर उपचारको आर्थिक सहयोगको अपिल गर्नु भए अनुसार सुजन बाँनियाको सँयोजकत्वोमा  लगभग १४५६ युरो  संकलित रकम केही दिनमा नेपालमा हस्तांतरण गर्ने कुरा पनि देउश्री-भैलीमा उपस्थित सबै महानुभावहरुलाई गोरखाली समाज फ्रान्सका अध्यक्ष  सुरेन्द्र काप्रीले जानकारी गराउनु भयो ।

Leave A Reply

Your email address will not be published.