नेपाली दुताबास बेल्जियममा शुभकामना आदानप्रदान

0

चारदिशा, बेल्जियम,

बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजादुताबास बेल्जियमले बिजया दशमी , तिहार , नेपाल सम्बत् र  छठपर्बको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेर मनाएको छ । राजदुत निवास  ‘नेपाल हाउस’ मा आयोजना गरिएको कार्यक्रममा संघिय सन्सदका सान्सद राजन केसी , लेखा समितिका सभापति भरत कुमार शाह , पूर्व संसद रामजी प्रशाद शर्मा, प्रसिद्ध चित्रकार रागिनी उपाध्याय ग्रेला, गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी एबम आम नेपाली समुदायको उपस्थित थियो ।

आगन्तुकहरुलाई स्वागत गर्दै बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदुत लोक बहादुर थापाले नेपाली समुदायको एकता र देश प्रेम भयो भने परदेशी भुमीमा पनि देशको सम्ब्रिद्धीका लागि काम गर्न सकिन्छ भन्नु भयो । आफ्नो दुई बर्षे कार्यकालमा दुताबासले गरेका कुटनैतिक प्रयास र यसबाट नेपालले प्राप्त गरेका र गर्न सक्ने उपलब्धीहरुको संक्षिन्त जानकारी गराउदै बेल्जियम लगायतका देशमा बसोबास गर्ने नेपाली समुदायको सहयोगले आफुलाई अझ गतिशिल बनाउन मद्दत् पुग्ने आशा राख्दै पर्बहरुको शुभकामना ब्यक्त गर्नु भयो ।

यसै गरी सांसद राजन केसीले शुभकामना मन्तब्य राख्दै नेपालले राजनीतिक परिवर्तनका धेरै संघर्ष ब्यहोरी सकेकोले अब आर्थिक प्रगतिका लागि काम गर्नु पर्ने बताउनु भयो । प्राकृतिक श्रोतसाधनले धनी भएे पनि त्यसको  सदुपयोग गर्न नसकेको कारण नेपाल गरीब भएकोले युरोपको नेपाली समुदायले नेपाली मोडलको बिकासको अभियानमा साथ र साझेदारी गर्न आब्व्हान गर्नु भयो । अर्का सांसद एबम सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नेपालमा थुप्रै सकारात्मक परिवर्तनहरु भएका छन, सकारात्मक सोच राखेर काम गरौ भन्दै हाम्रो आफ्नो मौलिक पहिचान कायम गर्दै नेपालको बिकास गर्न सकिने बताउनु भयो । पूर्व सांसद रामजी प्रशाद शर्माले प्रबासका नेपाली हरुबाट देशले धेरै आशा राखेको छ भन्दै आफ्नो प्रगती गरेर देशको प्रगती र उन्नतीमा पनि सहभागि हुन अनुरोध गर्नु भयो ।

गैर आबासिय नेपाली संघकी केन्द्रिय सचिब जानकी गुरुङले प्रबासी नेपाली एनआरएन अभियानको माध्यमबाट आफ्नो जन्मभुमीको सम्ब्रिद्धिका लागि हरेक क्षेत्रमा सकृय रहेको बताउदै नेपाल सरकार सँग मिलेर काम गर्न इच्छुक रहेको बताउनु भयो । नेपालीहरुको पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा राजदुताबास परिवार लाई धन्यवाद दिदै गैर आबासीय नेपाली संघ बेल्जियमको तर्फ बाट बरिष्ठ उपाध्यक्ष कमल पन्थीले देश बिदेशमा रहेका नेपालीहरुको उन्नती र प्रगतिको कामना गर्नु भयो । नेपाली दुताबासका उपनियोग प्रमुख सुधिर भट्टराईले सन्चालन गर्नु भएको औपचारिक कार्यक्रम पछी दिवाभोज र एकापसमा शुभकामना साटसाट गर्दै सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.