चारदिशा, बेल्जियम ,
गैर आवासीय नेपाली संघ बेल्जियमले आफ्नो १२औ साधारण सभा सम्पन्न गरेको छ । संघकाे साधारणसभा बेल्जियमकाे एन्तवेर्पेन शहरकाे होबोकेनमा सेप्टेम्बर १६ मा सम्पन्न भएकाे हाे ।
गैर आबसिय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त , सचिब जानकी गुरुङ र नेपाली दुताबास बेल्जियमका उपनियोग प्रमुख सुधिर कुमार भट्टराईले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घातन गरेको कार्यक्रम नेपाली राष्ट्रिय गीत र बरीष्थ उपाध्यक्ष कमल पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको थियो ।
बिभिन्न संघ संस्थाका पदाधिकारी एबम प्रतिनिधिहरुले साधारण सभाको सफलताको शुभकामना दिदै बेल्जियमको नेपाली समुदायको हितका लागि एनआरएन सँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउदै नेपालको सम्ब्रिद्धिको साझेदार बन्न र सकेको सहयोग गर्ने कार्यमा लाग्न सुझाब दिएका थिए ।
साधारण सभामा प्रस्तुत प्रगती प्रतिबेदन, आर्थिक प्रतिबेदन र बिधान सन्सोधन सम्बन्धी प्रस्त!वमा ब्यापक छलफल र बहस पछी सुझाब सहित् पारीत भएका छन ।
संघका अध्यक्ष लोक दाहालकाे सभापतित्वमा सम्पन्न साधारणसभामा आईसिसी सदस्य द्वय पदम गुरुङ र लीला शर्मा मानन्धर, केन्द्रीय महिला सन्योजक रजनी प्रधान , पूर्व केन्द्रीय उपाध्यक्ष टिबी कार्की, निबर्तमान सचिब अर्जुन श्रेष्ठ मानार्थ परिषद सदस्य युबराज गुरुङ, रा.प्र.पा. का सहमहामन्त्री लालद्वाज लामा, कार्यसमितिका अन्य पदाधिकारी, सदस्य, सँयोजक, मानार्थ परिषद सद्स्य देखि बेल्जियमस्थित नेपाली संघसँस्थाहरु, एनआरएन बेल्जियममा आवद्ध पँजीकृत सदस्य लगायत बेल्जियमस्थित नेपालीहरूकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमको सन्चालन महासचिब आङमाया लामाले गर्नु भएको थियो ।