कञ्चनपुरमा ‘कालो तीज’

0

गोकुल जोशी
महेन्द्रनगर÷भदौ २७

आज हिन्दु नारीहरुको महान चाड तिज । देशभरका सनातन हिन्दु महिलाहरु व्रत बसेर शिव पार्वतीको पुजाआजा गरि मनाइरहेका छन । तर कञ्चनपुरबासीले भने यस वर्षको तीजलाई ‘कालो तीज’का रुपमा मनाउदै छन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको बलात्कारपछि भएको हत्याले शोकमा रहेको कञ्चनपुरमा विरोध स्वरुप ‘कालो तीज’ मनाइदै छ । तीजका बेला महिलाले रातो सारी लगाएर रमझम गर्दै तीज मनाउने गर्छन । तर कञ्चनपुरका स्थानिय महिलाहरुले निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारले ढिलासुस्ती गरिरहेको विरोधमा कालो सारी लगाएका छन् । महेन्द्रनगर बजारको मुख्य मदनचोकमा भेला भएका महिलाले निर्मला पन्तका हत्यारालाई कारवाही गर्न सरकारलाई खबरदारी गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारणहरू चोकमा भेला भएका छन् । महिला भेला हुने क्रम बढ्दै गइरहेको छ ।

यसअघि, महेन्द्रनगरमा स्थानीय पर्व गोरालाई पनि विरोधकै रुपमा मनाइएको थियो । इतिहासका प्रसङ्ग उल्लेख गर्दै देउडा गाइने गौरामाा निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै सरकार र प्रहरी प्रशासनको विरोध गरिएको थियो । निर्मला पन्तको बलात्कार र हत्यापछि भएको आन्दोलन तथा सरकारले हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्दा महेन्द्रनगर अशान्ति, आक्रोशित र शोकमा छ।

Leave A Reply

Your email address will not be published.