एनआरएनए युरोप क्षेत्रीय बैठक सुरु

0

गैर आवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भयो । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित बैठकको उद्धघान परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले गैर आवासिय नोपलीहरुलाई नागरिकता कार्यान्वय हुने प्रतिवद्धता जनाउनु भएको छ । उहाले नेपालको आर्थिक क्षेत्रमा योगदान गरिरहेको बताउनु भयो । गैर आवसिय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कट्यौती नगर्ने जनाउनु भएको हो । निकै लामो छलफल पश्चात गैर आवासिय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ । ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुुस,’ उहाले भन्नुुभयो, ‘कोहि जिम्मेवार व्यक्तिले कट्यौती गर्ने भन्नुुभएको रहेछ भने पनि म क्षमा चाहान्छु ।’

उहाले नेपालमा तीन तहको निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक संक्रमण पुरा भएको उल्लेख गर्नुभयो । ‘अबको नेपालको एकमात्र ऐजेन्डा आर्थिक विकास नै हो । आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्नेबारे राष्ट्रिय अबिभारा केन्द्रित छ,’ उहाले भन्नुुभयो । नेपाल आगामी तीन वर्षमा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नत हुन् र सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु पुरा गरि मध्यम आय भएको मुलुकमा पुुग्नका लागि एनआरएनले थप सहयोग गर्नुपर्ने धारणा राख्नुु भएको छ । ‘सरकारले तपाईहरुसंग साझेदार बनेर अघि बढ्ने छ,’ उहाले भन्नुुभयो । नेपाल सरकारले अहिले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढिकरण, सामाजिक न्यायको सुनिश्चितता, अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने गरि अघि बढेको जनाउनुु भएको छ । यस बेला गैर आवासिय नेपालीहरुको सहयोग चाहिएको परराष्ट्रमन्त्री ज्ञावलीले बताउनु भएको छ । ‘समृद्धि यात्राको साझेदारी हुनुहोस,’ उहाले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासिय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको उल्लेख गर्नुभएको छ । संविधानले हाललाई उक्त व्यवस्था गरेको छैन । संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्न कानुन बनाउन प्रतिवद्ध रहेको उहाको धारणा थियो । ‘संविधानले दिएको अधिकार अनुसारको कानुन बनाउन म सहयोग गर्ने छु,’ उहाले भन्नुुभयो ।
नेपाल विकास र समृद्धिको भोकले तड्पिरहेको उहाले बताउनुु भएको छ । ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बनेको छ,’ उहाले भन्नुुभयो, ‘हामीले खोजेको उड्ने गतिको समृद्धि हो ।’

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासिय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गरे । ‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपुर्ण अभिव्यत्ति दिनु भएको छ । तर पनि हामी संविधानको मर्मलाई सम्बोधन गर्ने गरी कानुन बन्नेछ भन्नेमा विश्वस्त छौ,’ उहाले भन्नुुभयो । नेपालले विभिन्न मुलुकहरुसंग दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्ने सुुझाब सरकारलाई उहाले दिनुुभएको छ ।

एनआरएनका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिलाई गैर आवासिय नेपालीले सघाउ पुुर्याउने बताउनु भयो । ‘७० लाख नेपालीले ७८ मुलुकमा एउटै सोचका साथ यो संस्था स्थापना गर्नुभएको छ । नेपालको समृद्धि नै यो संस्थाको सफलता हो,’ उहाले भन्नुुभयो ।

बेनालक्सका लागि नेपाली राजदुत लोक बहारदुर थापाले गैर आवासिय नेपालीलाई नेपालले ट्रेड प्रमोटरका रुपमा लिनुपर्ने धारणा राख्नुु भएको छ । ‘नेपालीको हक हित रक्षा गर्न होस वा नेपालको विकास गर्ने चाहना उहाहरुले देखाइरहनुभएको छ । यो प्रशंसा गर्न लायक विषय हो,’ उहाले भन्नुुभयो ।

Leave A Reply

Your email address will not be published.