“काठमाडौँ उपत्यका समन्वय समिति बेल्जियम” गठन

0

चारदिशा, बेल्जियम,
बेल्जियमको नेपाली समुदायमा एक हप्ताको बिचमा दुईवटा संस्थाको उदय भएको छ । गत सप्ताहन्तमा झापाली समाजले एक भेलाको आयोजना गरी आफ्नो स्थापनाको घोषणा गरेको थियो भने आज काठमाडौं उपत्यका स्थाई बसोबास भएर बेल्जियमलाई कर्मथलो बनाएका नेपालीहरुले काठमाडौं उपत्यका समन्वय समितिको स्थापना गरेको जानकारी गराएका छन ।

उपत्यकाको सांस्कृतिक , सामाजिक,सैक्षिक बिकास , सुचना प्रबिधीको आदन प्रदान र आपसी भाईचाराको ब्रिधी गर्ने उद्यस्य सहित सुदर्शन सिन्खडाको अध्यक्षतामा तदर्थ कार्यसमितीको चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्ष: नारायण सिलवाल, उपाध्यक्ष : सागर दास श्रेष्ठ ,महा- सचिब : सुदर्सन घिमिरे, सह- सचिव : श्रीमती रुपा शाक्य, कोषाध्यक्ष : श्रीमती: बेञ्जु उप्रेती , महिला संयोजक : श्रीमति बन्दना भण्डारी , सदस्यहरु लक्ष्मी श्रेष्ठ, अंकुर खड्का, हरीकृष्ण कार्की ,अनिल थापा , कृष्ण पासा , बिनोद महर्जन र सल्लहाकारहरुमा सुरेन्द्र आमात्य, श्रीमती रजनी प्रधान, बाबुराजा लामा, मनोज उप्रेती , प्रेस सलाहकारमा महेश थापा हुनु हुन्छ । निकट भबिष्यमा बिशेष भेला गरी अन्य कार्यक्रम सार्वजनिक गर्ने समितिले जनाएको छ ।

यसै गरी गत आईतवारको भेलाले चयन गरेको अन्तरराष्ट्रिय झापाली समाज बेल्जियमको कार्यसमिती निम्न बमोजिम रहेको छ ।

अध्यक्षमा प्रबिण भण्डारी उपाध्यक्ष शैलजा कट्टेल, महासचिव भेषराज श्रेष्ठ, सचिव बुद्दि गुरुङ, कोषाध्यक्ष पदमा नेपाल, सह-कोषाध्यक्ष महेन्द्र भट्टराई,सदस्यहरू :- सबिता दाहाल,हरि पाठक, कृष्ण उप्रेती, रतन गुरुङ, खेम कार्की, बिनोद थापा,यादव कट्टेल, काशीनाथ मैनाली, ज्ञानु थापा, विप्लप घिमिरे, रतन गुरुङ (जितन),बिरेन्द्र गुरुङ, ज्योति गुरुङ, पेमा शेर्पा, पुण्य नेपाल , दिनेश पोखरेल र कविता भट्टराई र सलाहकार समितिमा चन्द्र प्रसाद ढकाल, इन्द्र प्रसाद ओली, नारायण अधिकारी, गोपाल दाहाल र बिमल गिरी रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.