भिजन २०२० संस्थाका लागि हो, ब्यक्तिका लागि होइन , अध्यक्ष घले

0

ओम शर्मा, चारदिशा ,

गैर आबासीय नेपाली संघका अध्यक्ष शेश घलेले संगठनलाई प्रकृया र पद्धतीले चलाऊन आफुले आफ्नो कार्यकालमा इमान्दारी पूर्वक प्रयास गरेको बताउनु भएको छ । संघको आगामी विश्व सम्मेलन पछी निबर्तमान हुन लाग्नु भएका घलेले आफ्नो कार्यकालमा बिभिन्न्न परोपकारी र सामाजिक र बिकासका संघले सन्चालन गरेका अभियानमा सहयोग गर्ने गैर आबासिय नेपाली संघ बेल्जियम लगायत सबै एनसीसीहरु, र अन्य संघ संस्था, लगायत नेपाल सरकार र गैर सरकारी संस्थाहरुलाई धन्यबाद दिदै आगामी चुनौतीहरुलाई सामना गर्न संस्थाका बिधी पद्धतिलाई सबैले पालना गर्न आग्रह गर्नु भयो ।

 एनआरएनए बेल्जियमले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै घलेले विश्वका   ७८ देशमा संस्थाको सन्जाल बिस्तार भैसकेकोले सहज् तरिकाले काम गर्नकोलागी आधुनिक प्रबिधिको प्रयोग गर्नु पर्ने भएकोले संघले ल्याएका MIS लगायतका प्रोग्रामहरु लाई पप्रयोग गर्न अनुरोध गर्नु भयो ।

 पचास् लाख नेपालीहरुको प्रतिनिधि संस्थालाई सबैको साझा संस्था यथार्थमा प्रतिनीधिमुलक संस्था बनाउन भिजन ट्वान्टि ट्वान्टि एन्ड बियोन्डको कार्ययोजना ल्याइएको हुँदा यसमा थापा सल्लाह र सुझाब दिदै आगामी विश्व सम्मेलनमा पास गरी अगाडि बढाउन अनुरोध गर्नु भयो । आफुले अब संस्थाको कार्यकारिणी जिम्मेवारी छोड्ने भएकोले आफ्नो कुनै स्वार्थ भिजन ट्वान्टि ट्वान्टिमा नभएको हल्लाको पछि नलागी राम्रो अध्ययन गरी संस्थाको आगामी बाटो तय गर्न आग्रह गर्नु भयो ।

संस्थाको केन्द्रीय तहमा देखिएका कही बिबादहरुलाई इङित गर्दै कुनै ब्यक्तिबिशेषको लागि संस्थालाई समस्यामा पर्न दिन नहुन पनि सचेत गराउनु भयो ।

प्रमुख अतिथिको रुपमा बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले एनआरएनएले गरेका परोपकारी र सामाजिक कामको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिदै आफुमा भएको ज्ञान शिप , पुजीको लगानी राष्ट्रको लागि गर्न आग्रह गर्नु भयो । उहाले प्राबासका नेपालीहरुले गर्ने व्यबहारले राष्ट्रको इमेज बनाउने भएकोले आफु बसेको देशमा सभ्य भएर कृयाकलाप गर्न पनि सुझाब दिनु भयो ।

गैर आबासीय नेपाली संघ बेल्जियमले अध्यक्ष घले लगायत केन्द्रिय पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम भने पनि संघको आगामी विश्व सम्मेलनमा सहयोग र मतदान गरी आफुलाई जिताउन भन्दै उम्मेद्वारहरुले पुरै मiहोललाई घोषणा सभाको रुपमा परिवर्तन गरिदिएका थिए । भिभिन्न बक्ताहरुले आफ्नो कार्ययोजना र प्रतिबद्धता सहित् आफुले काम गर्न चाहेको पदको बारेमा  बोल्दै सहयोगको आग्रह गरेका थिए ।

सोम सापकोटाले सहकोषाध्यक्षमा, बिनय श्रेष्ठले युरोप सन्योजकमा , सोनाम लामाले उपाध्यक्षमा,कुल आचार्यले उपाध्यक्षमा,रन्जु थापाले महिला उपाध्यक्षमा,रजनी प्रधानले महिला सन्योजकमा, एम गुरुङ ( त्रिलोक ) ले महासचिबमा , अर्जुन श्रेष्ठले महासचिबमा, पुष्प थापाले उपाध्यक्षमा,मुछेन्द्र गुरुङले कोषाध्यक्षमा, शिव बरुवालले युरोप सन्योजकमा र गंगाधर गौतमले युरोप सन्योजकमा उम्मेद्वार बन्ने चाहना रहेकोले अबसर दिन अनुरोध गर्नु भएको थियो 

 त्यसै गरी कार्यक्रमको  दोश्रो चरणमा आइसिसी सदस्य जानकी गुरुङले आफ्नो ब्यानर र प्रतिबद्धता पत्र सहित सचिब पदका लागि उम्मेद्बारी घोषणा गर्नु भएको थियो । उहाको उम्मेद्बारीलाई बेल्जियमको तर्फ बाट नबनिर्बाचित आइसिसी सदस्य सरु चापागाइले समर्थन गर्नु भएको थियो भने युरोप सन्योजक कुल आचार्य र अध्यक्ष घलेले सफलताको शुभकामना दिनु भएको थियो ।

 सोही घोषणा सभामा आइसिसि सदस्यहरु चिजकुमार श्रेष्ठ र नेत्र मगरको युरोप उुप  सन्योजकमा उम्मेद्बारी  रहेको जानकारी गराइेको थियो । धेरै बक्ता भएर कार्यक्रममा बोल्न नदिइए पनि भिम केसी कमल र हेमन्त सेढाईले अनौपचारिक रुपमा  युरोप उपसन्योजकमा आफ्नो उम्मेद्बारी भएको बताउनु भएको थियो

 सोही कार्यक्रममा एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले बाढिपिडित सहयोगको चेक अध्यक्ष घलेलाई हस्तातरन गर्नु भयो भने एनआरएनए भबन् निर्माणका लागि रकम जमा गर्ने बताउनु भएको थियो ।

साथै अध्यक्ष घले र युरोप सन्योजक कुल आचार्य र बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले पोर्तुगलमा हत्या गरिएका नेपाली हरी जिसीको केसमा गरेको सक्रियताका लागि एनआरएनए पोर्तुगलका  भिम केसी कमल, हेमन्त सेढाई , र कमल गुरुङ्लाई सम्मान गर्नु भएको थियो ।   

सोही कार्यक्रममा पोखरामा आयोजना हुने विश्व कास्की सम्मेलनका सन्योजक पूर्ण तिमील्सिनाल अध्यक्ष घले बिशेष अतिथिको रुपमा उपस्थित भै दिनका लागि औपचारिक निमन्त्रणा पत्र हस्ततरन भएको थियो      

गैर आबसिय नेपाली संघका अध्यक्ष लोक दाहालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष कमल पन्थीले र सन्चालन महासचिब आङमाया लामाले गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.