पोखरामा विश्व कास्की सम्मेलन हुँदै

0

चारदिशा , बेल्जियम

विश्वका विभिन्न मुलुकमा छरिएका कास्केलीहरुको पहिलो विश्व कास्की सम्मेलन यही असोज २३  गते (अक्टोवर ) पोखरामा हुने भएको विश्वभरी छरिएका कास्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमानभन्ने मुल नारा सहित सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक पूर्ण तिमिल्सीनाले जानकारी दिनुभयो

 

आफ्नो जन्मथलो कास्की जिल्लाको समग्र विकासका लागि सम्मेलन गर्न लागिएको   सम्मेलनमा कास्कीका विभिन्न राजनैतिक दल, वृद्धिजिवी, पेशा व्यवसायी, उद्योगी लगायत विभिन्न पक्षका व्यक्तित्वहरुसंग कास्की विकासको लागि सार्थक वहस छलफल हुने भएको छलफलवाट कास्कीका विकासका प्राथमिक एजेण्डा समेत तय गर्ने तयारी समेत भैरहेको अन्तराष्ट्रिय रुपमा विकास भैरहेको आधुनिक प्रविधि, सिप तथा सेवा पोखरामा भित्र्याउन समेत कास्की विश्व सम्मेलनले पहल गर्ने आयोजक समितिका संयोजक पूर्ण तिमिल्सिनाको भनाई

अहिलेसम्म युरोपका विभिन्न मुलुक, अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, कोरिया, खाडी देशहरु सहित २२ मुलुकमा विश्व कास्की आर्दश समाज गठन भैसकेको अहिले अन्य विभिन्न मुलुकहरुमा पनि संगठन विस्तारको काम भैरहेको महासचिव गोविन्द पौडेलले जानकारी दिनुभयो

 

सम्मेलनको उद्घाटन कास्कीबाट निर्बाचित सान्सद एबम नेपाल सरकारका  कानुन तथा न्याय मन्त्री यज्ञ बहादुर थापाले बिशेष समारोहका बिच पोखराको उध्योग बाणिज्य महासंघको हलमi गर्ने कार्यक्रम रहेको

 

असोज २३ गते सम्मेलन उद्घाटन गर्नु पूर्व पोखरामा खुल्ला म्याराथुन प्रतियोगिता गरिने भएको सो प्रतियोगिताको विजेतालाई नगद एक हजार एक डलर पुरस्कार प्रमाणपत्र दिईने महासचिव पौडेलले जानकारी दिनुभयो पुरुस्कार रकमको प्रायोजन पोर्तुगलका ब्यबसायी एबम एनआरएनए का आईसिसी सदस्य रमेश गुरुङले गर्नु भएको 

 

थप जानकारीका लागि  संयोजक पूर्ण तिमिल्सीना ००३२४८३४६४८२० तथा ईमेलः purnabrugge@gmail.com

 

Leave A Reply

Your email address will not be published.