नेपालले स्पेनमा दुताबास् खोले हामी खुसी हुनेछौ , स्पेनिस राजा फिलिपे 

0

भोला लामिछाने, स्पेन,
स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न लागेको सुन्दा निकै खुसि भएको बताउनु भएको छ। रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेलबाट् ओहदाको प्रामाणपत्र ग्रहण गर्दै उक्त कुरा बतानु भएको हो ।
अहिले स्पेनमा दुताबास नहुदा फ्रान्स स्थित नेपाली राजदुताबास पेरिस बाट यहाँ का बिभिन्न कागजी कारबाही हरु हेर्ने गरिएको छ।

लूइटेल स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न स्पेनको राजधानी मड्रिड पुग्दा गैर आवासीय नेपाली संघ स्पेनको मड्रिड शाखा द्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी बनेको मड्रिड शाखा का अध्यक्ष रोशन पाठक ले  बताए ।

अन्तरक्रियामा स्पेनमा रहेका नेपालीहरुले भोग्नु पर्ने समस्याहरुको अबगत गराउदै स्पेनका अधिकारिहरुलाइ पहल् गरिदिन  अनुरोध समेत गरेका थिए। राजदुत लुइतेलले  स्पेनमा दूताबास खोल्ने बारे राजालाई पहिले नै जानकारी रहेछ भन्दै यसले झन् दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ,सुमधुर र घनिभूत बनाउने विश्वास राजाबाट ब्यक्त भएको जानकारी गाउनुभएको थियो 

राजा फिलिपे छैटौले सन् २०१४ देखि स्पेनको राजगद्दी सम्हाल्दै आएका छन्।

एनआरएनए मड्रिड शाखाको आयोजना आयोजित अन्तरक्रियामा बार्सिलोना निवासी  समाजसेवी एवं हाल गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्व परिषद स्पेनका सदस्य एकराज गिरि लगायतको सह्भागिता  थियो । 

Leave A Reply

Your email address will not be published.