बिकेन्द्रीकरणको अन्तिम लक्ष्य संघियता , शशांक कोइराला

0

चारदिशा, बेल्जियम,
नेपाली काङ्रेसका महामन्त्री डा शशांक कोइरालाले बिकेन्द्रिकररणको अन्तिम लक्ष्यनै संघियता भएकोले राज्यका तल्लो तहलाई मजबुत बनाउदै अगाडी बढेमा संघियताको प्रयोग सहज् हुने बताउनु भएको छ ।

नेपाली जनसंपर्क समितिको चौथो अधिबेशनको बेल्जियमको एन्त्वेर्पेन शहरमा आईतवार उधघाटन गर्दै महामन्त्री कोइरालाले देश अहिले सन्क्रमणकालिन अबस्थामा रहेको र यस अबसरमा सबै संयमित भएर देशको उन्नतीका लागि लाग्नु पर्ने बताउनु भयो । हामीले देशमा शान्ती र स्थिरता मात्र दिन सके पनि देश बिकास सजिलै हुने बताउदै आर्थिक प्रगतीका लागि कृषि, पर्यटन, लगायत भौतिक सम्पदाको उपयोग गरेर नेपाललाई सम्पन बनाउन सकिने बताउनु भयो ।

आफ्ना हजुरबुवा कृष्ण प्रशाद कोइरालाले राणा शासनको बेला पनि कलकतत्ता देखि शिक्षकहरु बोलाएर आफ्ना बुवाहरुलाई पढाएको र त्यही शिक्षाका कारणले कोइरालाका तीन छोराहरु मातृका प्रशाद कोइराला, बिपी कोइराला, र गिरिजाप्रशाद कोइराला देशको प्रधानमन्त्री बन्न सक्नु भयो भन्दै शिक्षानै नागरिकको चेतनाको बिकास गर्ने माध्यम भएकोले सबै नागरिकलाई शिक्षित बनाइनु पर्ने बताउनु भयो ।

आआफ्नो प्यानल बानाएर जनसंपर्क समितिको चुनाबी भिडन्तमा लागेका आफ्ना कार्यकर्तालाई निर्देशन् दिदै कोइरालाले सहमतिमा आगामी नेत्रित्व चयन गर्न र नसके स्वस्थ प्रतीस्पर्धाबाट जित्नेको उन्माद र हार्नेको तिक्तता नदेखाइ अगाडि बढ्न भन्नु भयो ।

सँघियताको सवालमा पार्टीको भन्दा फरक मत राखेर चर्चित बनेका युबा नेता चन्द्र भण्डारीले सँघियताको मुल उद्यस्य जनताको धेरै भन्दा धेरै सहभागितामा शासन पद्धती चल्नु पर्ने हो भन्दै स्थानीय जनता र जन प्रतिनिधिलाई बेवास्ता गर्दै पाच नमबर प्रदेश तुक्र्याउने प्रस्ताब् गर्नु जनमतको घोर अपमान पार्टीका सिर्सस्थ नेताहरुले गरेकोले आफुहरुले त्यसको बिरुद्ध सम्सोधन प्रस्ताब् दर्ता गरेको बताउनु भयो । नेपाली काङ्रेशले माओवादी, एमाले,मधेशबादी दलहरुलाई संगै लिएर देशलाई झुक्न नदिने र राष्ट्रियतालाई मजबुत बनाउने अभियान सधैं जारी राख्ने भन्दै, बिना सन्धर्भ हुने आन्दोलनका कारण देश कम्जोर भैरहेको, तराइमा स्तम्भ ढल्दा, बाढी आउँदा , माहामारी फैलिदा पनि काठमाडौं तराइ पुग्न नसक्नु दु:खद भएको बताउनु भयो ।

अर्का युबा नेता एनपी सावदले स्थानीय निकायको निर्वाचन भएर जनतालाई उनीहरुको अधिकार दिन सकियो भने देश बिकास गर्न सरल हुने भएकोले नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनलाई प्राथमिकतामा राखेको बताउनु भयो । प्राबासका नेपालीहरुले आधुनिक विश्वलाई बुझेकाले आफ्नो सिप र ज्ञानको लगानी गरी देशलाई सम्ब्रिद्ध बनाउन आग्रह गर्नु भयो ।

अधिबेशनका लागि केन्द्रीय प्रतिनिधि युबा नेता सुरेन्द्र पाण्डेले नेपाली काङ्रेस सधैं मध्यमार्गी भएर अतिबादलाई न्युनुकरन गरी रहेकोले नेपाली काग्रेसनै नेपाली जनताको चाहना भएेको बताउनु भयो । साथै उहाले जनताको विश्वाश जितेर राजनिती गर्न अन्य दललाई चुनौती दिनु भयो ।

बेनेलक्स एबम ईयुका लागि नेपाली राजदुत लोक बहादुर थापाले बेल्जियम र युरोपबासी नेपाली हरुले आफ्नो सिप र ज्ञान र पुजिलाई नेपाल भित्र्याउनु पर्ने र त्यसका लागि सरकार सधैं स्वागत गर्न तयार रहेको बताउनु भयो । आर्थिक कुटनितीका माध्यमले देशलाई सम्ब्रिध बनाउन आफुले चाल्ने कदमलाई साथ दिन पनि उहाले उपस्थितन नेपाली समुदायलाई आग्रह गर्नु भयो ।

नेपाली जन सम्प्र्क समितिको चौथो अधिबेशनको सफलताको शुभकामना दिदै नेपाली जन परगतिशिल मन्चका अध्यक्ष चित्र सुबेदी, प्रबासी नेपाली मन्चका अध्यक्ष बोधराज पौडेल, प्रबासी एकता समाजका दीपेन्द्र केसी, जन प्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुङ , संघिय समाजका महा सचिब लोक राणा, क्याटका अध्यक्ष दिनेश भण्डारी , नेपाली जन संपर्क समिती नेदरल्यान्दका अध्यक्ष उत्तम कंडेल, जर्मनीका प्रतिनिधि पुष्प थापा , नेपाली जन संपर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल, समितिक पूर्व अध्यक्ष ईन्द्र छेत्री पकवान र गैर आबसीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम एबम जन संपर्क समिती युरोपका बरीस्थ उपाध्यक्ष पूर्ण हमालल गायतले आगामी दिनमा प्रबासका संघ सन्स्थाहरुले एकता कायम गर्दै देश र प्रबासका समस्या समाधान गर्न हातेमालो गर्ने बचन् बद्धता प्रकट गर्नु भयो ।

ससाना नानीहरुले कार्यक्रमको बिचबिचमा न्रित्य प्रस्तुत गर्दै मनोरन्जन गाराएको उक्ता कार्यक्रममा प्रमुख अतिथी लगायत अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएेको थियो भने कार्यक्रमलाई सफल पार्न लाग्नु भएका बिभिन्न समिती र अप समितिका सन्योजक एबम समितिका पूर्व पदाधिकारीहरुलाई सम्मानपत्र प्रदन गरिएेको थियो ।

समितिका अध्यक्ष सुबाश जोशीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण संघ संस्था एबम ब्यक्ती र पदाधिकारीहरुलाई धन्यवाद दिदै संस्थाका आगामी दिन अझ उज्वल रहुन भन्ने कामना गर्दै आफुले समितिको अध्यक्षको हैसियत्ले धेरै कुरा सिकेको र इमान्दारिता पूर्वक काम गर्ने प्रयास गरेको बताउदै भबिस्यमा पनि आफ्नो ज्ञान र सीप पार्टी , देश र नेपाली समुदायको हितका लागि लगानी गर्ने बताउनु भयो । समितिका उपाध्यक्ष एबम ब्यबस्थापन समिती सन्योजक् योगेन्द्र श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो भने यसोधा थापा , पुनम शर्मा , गोविन्द सिंह अधिकारी र अनुजा प्रधानले खादा र ब्याच बितरन गर्नु भय्को थियो । बरिष्ठ उपाध्यक्ष कृष्ण शाहीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएेकi, कार्यक्रमको सन्चालन महामन्त्री चिनिया दुवालले गर्नु भएको थियो ।

दोश्रो चराणमा भएेको बन्द सत्रमा बिधान समिती सन्योजक गंगाधर गौतमले प्रस्तुत गर्नु भएको सम्शोधित बिधानका केही धाराहरु, सहमहामंत्री बिष्णु सापकोटाले प्रस्तुत गरेको प्रगती प्रतिबेदन , कोषाध्यक्ष दिनेश भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन र निर्वाचन समिती सन्योजक ईन्द्र पकवान र सदस्य सचिब झलक केसीले प्रस्तुत गरेको निर्वाचन सम्बन्धी कार्यतालिका सभाद्वारा केही साधारण सुझाब सहित् पारीत भएेका थिएे ।

Leave A Reply

Your email address will not be published.