बिष्णु सापकोटा २३ फेब्रुअरी बेल्जियम
नेपाली जनसम्पर्क समिति बेल्जिययमको आसन्न चौथो अधिवेशन अन्तर्गत अध्यक्ष पदको लागी सीता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
सापकोटाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताउनु भएको छ । प्रवासमा रहदा नेपालीहरुको सुख- दुखमा सहभागी हुन् पुग्ने सापकोटा सामाजिक संस्थामा पनि उत्तिकै उल्लेखीय योगदान रहेको देखिन्छ । उहाले बेल्जियममा रहदै गर्दा बिभिन्न सामाजिक सस्थामा रहेर नेपालमा रहेका दिन दुखि र असाहय अशक्त हरुको लागी धेरै परोपकारी कार्यहरु गरिसक्नु भएको छ भने उहा चितवन सहायता कोष बेल्जियमको सस्थापक अध्यक्ष हुनुहुन्छ जुन संस्थामा रहेर धेरै परोपकारी कार्य गर्दै उच्च सामाजिक छबी बनाउन सफल हुनु भएको छ । उहा लाई एउटा सामाजिक अभियन्ताको रुपमा पनि बेल्जियमको नेपाली समुदायले चिन्ने गर्दछ साथै उहाको राजनैतिक अग्रसरता बोल्ने कला, हक्की स्वभाव, यथार्थ वादी र निडर महिलाको रुपमा पनि परिचित हुनुहुन्छ ।
एकताको अधिवेसन नै हाम्रो अभियान
तपाईहरुको अमुल्य मतदान,
महिला नेतृत्व हाम्रो पहिचान
पार्टीको सुदृढ बिकाश, एकता सहकार्य र सहमती मेरो पहिलो प्राथमिकतामा रहनेछन । देशमा होस या बिदेशमा राष्ट्रीयता, लोकतन्त्र र समाजवादको आडमा रहेर मुलुकको समृद्द बिकाशमा पार्टीको मुल्य र मान्यता र ईतिहासलाई अंगिकार गर्दै अगाडी बढ्नु मेरो दायित्व रहने छ । प्रदेशको हाम्रो बसाईमा यहाँस्थित अन्य जातिय, क्षेत्रिय, बैचारिक र सामाजिक संग संगठनहरुसँग हातेमालो र सहकार्य गर्दै अगाडी बढ्ने नै छु । र यहाँभित्र आईपर्ने हरेक नेपालीका दुःख अप्ठ्याराहरुलाई आत्मसाथ गर्दै सक्दो सेवा गरेकै छु जस्तो लाग्दछ । र आगमी दिनहरुमा पनी र बैचारिक संगठनमा रहेर पनी मेरो सामाजिक दायित्व यही नै रहने छ । जुन दायित्व र कर्तब्यबाट म कदापी पछाडी हट्ने छैन । सहमतिय नेतृत्वमा मेरो अन्तिमसम्म पनी पहल रहने छ, भला म बन्न सकुँ या नसकुँ, संगठनको बृहत्तर हितको लागी अग्रजहकले चालेको कदम नै मेरो लागी निर्णायक र कर्तव्य बन्ने छ । आजका हामी महिला ,परिवार समाज र सिंगो राष्ट्रको नै नेतृत्व लिन सक्ने हैसियत बन्दै गर्दा म मा पनी आँफुले त्यो हरेक क्षेत्रमा फिट हुन सक्ने ईच्छाशक्ती र सामथ्र्य जुटाउन सक्ने हैसियत राख्दै भन्न चाहान्छु, यो समाजमा बस्दै गर्दा जानेर या अन्जानमा कहीँ कतै र कसैको चित्त दुखाउन पुगेको भए पनी मान्छे हुँ, गल्ती हुन सक्दछ सच्चिने अवसर दिनु नै हुने छ आसा राख्दै यहाँहरुको सामु पूर्ण सहयोग सरसल्लाह र सुझावको अपेक्षा गर्दै आफ्नो सबल र सक्षम टिम सहित छिटै नै भाबी कार्यक्रम, योजना र घोषणापत्रका साथ उपस्थित हुने प्रतिबद्दता जाहेर गर्दै यहाँहरुको सहयोग सँधै सबै लाई र अहिले मलाई भन्ने नाराका साथ सहयोगको लागी पुनः हार्दिक अनुरोध गर्दछु ।”