-
युरोपको राजधानी बेल्जियम सम्पन ब्रुसेल होलिडे फेयर मा नेपाली दुताबास बेल्जियम र यहाँका संघ संस्थाहरुले सहभागिता जनाएर नेपालमा पर्यटन पर्बर्धनको लागि उल्लेखनिय काम गरेका छन । फेब्रुवरी दुई देखि चार दिन सम्म चलेको सन १९५८ बाट सुरु भएको लाखौं मानिस र कम्पनीहरु सहभागि मेलामा नेपालका बिभिन्न सान्स्कृतिक झाकीहरु देखाइएको थियो ।
-
बेल्जियममा बसोबास गर्ने बिभिन्न जातीय र सान्स्कृतिक समुहहरुले अाआफ्नो भेषभुषा र नाचगान प्रस्तुत गर्दै नेपाल भ्रमण गर्नका लागि आकर्शित गरेका थिए । बिश्व भरी… बाट ८०० भन्दा बढी कम्पनी र संघ संस्थाहरु सहभागी भएको उक्त मेला युरोपको बिशाल र प्रतिष्ठित मानिन्छ ।
नेपालको प्राकृतिक सुन्दरता, सामाजिक बिभिधता, सान्स्कृतिक सन्स्कारको प्रदर्शन गरी पर्यटन प्रबर्धन गर्ने यो अबसरलाई दुताबास लगायत यहाँका गैर आबासीय नेपाली संघ लगायत ब्यबस्थापकीय सहयोग गरेका थिएे भने तमु समाज, तमाङ समाज , शेर्पा संघ , मगर समाज, पासापुच, किरात समाज लगायतका संस्थाहरुको बिबिध झाकीहरु प्रस्तुत गरेका थिए ।
आगन्तुकहरुलाई नेपाल पर्यटन बोर्डले प्रकाशन गरेका पोस्टर लगायत नेपाली मम , नेपाली कफी लगयतका नेपाल चिनाउने सामाग्रीहरु बितरण गरिएको थियो । साथै नेपालको बारेमा बिस्तारमा जानकारी पनि प्रदान गरिएको थियो । बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधी शिव बरुवालका अनुसार कार्यक्रम अपेक्षा गरे भन्दा राम्रो रहेको र नेपाल बारे धेरैले चासो साथ जानकारी मागेको र नेपाल भ्रमणको लागि इच्छुक रहेको प्रतिकृया पाएको बताए ।
नेपाल सरकारले यो बर्ष २०१७ लाई भिजिट नेपाल युरोप अभियान चलाएको छ भने युरोपका बिभिन्न देशका लागि नियुक्त भएका नेपाल पर्यटन बोर्डका अबैतनिक दुतहरुले पनि नेपालको पर्यटन बिकासका लागि मिलेर अभियान चलाऊने बताएका छ..केही महिना अघि बेल्जियम दुताबासको कार्यभार सम्हालेका राजदुत लोक बहादुर थापाले आर्थिक कुटनिती र जनस्तरको सम्बन्ध बिस्तार गर्नका लागि दुताबासले हरेक अबसरको उपयोग गर्ने बताएका थिए ।