चारदिशा, सम्बाददाता, बेल्जियम,
नेपाली ब्यबसायी संघ बेल्जियम व्यबसायी र सर्ब साधारणका लागि आबस्यक हुने बिमा र जायजेथा खरिद गर्दा अपनाउनु पर्ने लाभदायक उपायहरुका बारेमा कार्यशाला एबम तालिम गराईरहेको छ । भाषागत र कानुनी अज्ञानताका कारण धेरै ब्यबसायीहरुले आफुले पाउनु पर्ने फाईदा पनि लिन नसक्ने तर तिर्नु पर्ने ब्यय जसरी पनि तिर्नु पर्ने अवस्थाका कारण धेरै सदस्यहरुले कठिनाई ब्यहोर्नु परेकोले ब्यबसायी संघ यो अभियानमा लगेको हो ।
बिषयको ज्ञान र सामुहिक प्रयास भए नेपाली समुदायका ब्यबसायीलाई केही राहत दिलाउन सजिलो हुन्छ की भनेर यस खाले प्रशिक्षण आयोजन गरेको संघका अध्यक्ष सिपी भट्टले बताउनु भएको छ । भट्टका अनुसार गत साता गेन्ट शहरमा सो सम्बन्धी तालिम सम्पन भैसकेको र अब बाँकी शहरहरुमा पनि हुने छ ।
साथै संघको आगामी महिना हुने वार्षिक साधारण सभामा बेल्जियम स्थित ब्यबसायीहरुको सामुहिक लगानीको अबधारणामा सहकारी सन्चालन गर्ने बारे पनि तयारी भै रहेको छ । यस् बिषयमा कगजी प्रकृया अगाडि बढी रहेको र तयारी अन्तिम चरणमा पुगेको ले साधारण सभा मार्फत यसलाई औपचारिकता प्रदान गरिने छ ।
संघले सन्चालन गरी रहेको तालिमको समय र स्थानको बारेमा संघले जारी गरेको सुचना यस प्रकार छ ।